कालिमाटी तरकारी बजारमा आज: केही तरकारीको मूल्य घट्यो, केहीको बढ्दो « Eglish Khabarhub

कालिमाटी तरकारी बजारमा आज: केही तरकारीको मूल्य घट्यो, केहीको बढ्दो



काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी थोक बजारमा मंगलबार तरकारीको मूल्य मिश्रित रहेको पाइएको छ । साउन २ गतेको तुलनामा मंगलबार केही तरकारीको मूल्य घटेको छ भने केही तरकारीको मूल्य बढेको छ । केही तरकारीको मूल्य यथावतै छ ।

साउन २ गतेको तुलनामा मंगलबार स्वदेशी ठूलो गोलभेडाको मूल्यमा ५५ रुपैयाँ घटेर ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै प्याजमा ५.३३ पैसा घटेर ८७.६७ रुपैयाँमा बिक्री भएको छ । गाजरमा पनि प्रतिकिलो ५ रुपैयाँ सस्तो भएर ९० रुपैयाँमा बिक्री भएको छ ।

सेतो मुलामा २० रुपैयाँ सस्तो भएर २५ रुपैयाँमा मंगलबार बिक्री भएको छ । यस्तै तने बोडीमा १० रुपैयाँ घटेर ११० रुपैयाँ, घिउ सिमीमा ६२ रुपैयाँ घटेर ११०, तिते करेलामा ४५ रुपैयाँ घटेर ६५, लौंकामा ६५ रुपैयाँ घटेर ४५, घिरौलामा ३५ रुपैयाँ घटेर ७५, भिण्डीमा ६५ रुपैयाँ घटेर ६५, स्कुसमा २० रुपैयाँ घटेर ७५, ब्रोकाउलीमा २० रुपैयाँ घटेर ११५, तोरीको सागमा ६३ रुपैयाँ घटेर ७५ र भेडे खुर्सानीमा प्रतिकिलो ४ रुपैयाँ घटेर ११८.७५ रुपैयाँमा मंगलबार बिक्री भएको छ ।

साउन २ गतेको तुलनामा मंगलबार परवरमा प्रतिकिलो १० रुपैयाँ बढेर ७५, पाकेको फर्सीमा १५.१७ बढेर ६७.६७, रायो सागमा १६.३३ बढेर १७६, कन्ये च्याउमा २४ रुपैयाँ बढेर १८०, डल्ले च्याउमा ४० रुपैयाँ बढेर ३९०, सानो स्वदेशी गोलभेडामा ४.७३ बढेर २२.२३, सेतो आलुमा ४.३३ बढेर ५३.३३, स्थानीय काउलीमा ३० रुपैयाँ बढेर ९५, ज्यापु काउलीमा २३.३३ रुपैयाँ बढेर ११० र भान्टामा ११ रुपैयाँ बढेर ७५ रुपैयाँमा बिक्री भएको छ ।

उता चिचिण्डो, डल्लो फर्सी, राजा च्याउ, रातो आलु, मुढे रातो आलु र बन्दाको मूल्य यथावतै रहेको पाइएको छ । चिचिण्डो ६५, डल्ले फर्सी ८५, राजा च्याउ २९०, रातो आलु ६९.७५, मुढे रातो आलु ५१ र बन्दा ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा मंगलबारको तरकारीको थोक मूल्य

Publish on: