काठमाडौं । २५.८३ लाख करोड रुपैयाँ राजस्व उठाउने लक्ष्यसहित भारतकी अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार भारतीय संसद्मा पूर्ण बजेट प्रस्तुत गरिन् ।
सीतारमणले लगातार सातौँपटक भारतको बजेट प्रस्तुत गर्दै बजेट गरिब, महिला, युवा र किसानमा केन्द्रित रहेको बताइन् ।
जिएसटीलगायतका करमा सुधार गर्ने, विभिन्न औषधीलाई भन्सार सहुलियत दिने भन्दै बजेटले रोजगारी र सीप विकासमा जोड दिएको भन्दै उनले युवाका लागि २ लाख करोड रुपैयाँको व्यवस्था गरिएको उनले बताइन् ।
यसका साथै, कृषिमा ३२ वटा उच्च उपज र जलवायुमैत्री प्रजातिहरू ल्याइने, बागवानी बालीका १०९ नयाँ प्रजातिहरू जारी गरिने, आगामी दुई वर्षमा एक करोड किसानलाई प्राकृतिक खेतीका लागि सहयोग गरिने पनि बजेटमा उल्लेख छ ।
आत्मनिर्भरताका लागि सरकारले दाल र तेलहन मिसनमा ध्यान दिने, तरकारी उत्पादन र आपूर्ति प्रणालीका लागि क्लस्टर तयार गरिने योजना पनि उनले बताइन् ।
SHARE YOUR THOUGHTS