![](https://internal.appharu.com/wp-content/uploads/2017/02/dollar.jpg)
काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आज बुधबार अमेरिकी डलरक एकको खरिद दर १३३ रुपैयाँ ६१ पैसा बिक्रीदर १३४ रुपैयाँ २१ पैसा पुगेको छ । यो हालसम्मकै बढी हो । यसअघि साउन ५ गते अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५७ पैसा बिक्री दर १३४ रुपैयाँ १७ पैसा पुगेको थियो ।
राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर १४५ रुपैयाँ १९ पैसा बिक्रीदर १४५ रुपैयाँ ८४ पैसा छ । बेलायती पाउन्ड एकको खरिद दर १७२ रुपैयाँ ४८ पैसा बिक्रीदर १७३ रुपैयाँ २५ पैसा छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५१ पैसा बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा रहेको छ । मलेसियन सिंगिट एकको खरिददर २८ रुपैयाँ ६० पैसा बिक्रीदर २८ रुपैयाँ ७३ पैसा छ ।
SHARE YOUR THOUGHTS