![](https://internal.appharu.com/wp-content/uploads/2024/07/airplan2-768x403.png)
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि गृहमन्त्री रमेश लेखकका साथै प्रहरी उच्च अधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन् ।
काठमाडौंबाट पोखरा उडेको सौर्य एयरलाइन्सको जहाज आज (बुधबार) बिहान विमानस्थलमा दुर्घटना भएको हो । दुर्घटना भएपछि गृहमन्त्रीका साथै नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक विमानस्थल पुगेका छन् ।
यूटिसी ५ः२६ (बिहान ११ बजेर ११ मिनेट)मा उडान भरेको थियो । जहाजमा १९ जना रहेका थिए । केहीको मृत्यु भएको छ ।
SHARE YOUR THOUGHTS