
काठमाडौं । कालिमाटी तरकारी बजारमा सबैप्रकारको तरकारीको मूल्य ४० रुपैयाँभन्दा माथि छ । स्थानीय सानो र टनेल सानो गोलभेडाबाहेक सबै प्रकारको तरकारीको मूल्य ४० भन्दा माथि रहेको पाइएको छ ।
स्थानीय सानो गोलभेडा २७ र टनेलको सानो गोलभेडा ३७ रुपैयाँ प्रतिकिलोमा बिहिबार बिक्री भएको छ ।
यो बाहेक ठूलो गोलभेडा ७५, रातो आलु ७०, मुढे रातो आलु ४९.६७, सेतो आलु ५४, प्याज ८५.३३, गाजर ९५, बन्दा ४५, स्थानीय काउली ८५, ज्यापु काउली ११०, सेतो मुला १७.६७, लाम्चो भान्टा ७५, तने बोडी ११०, घिउ सिमी ९५, टाटे सिमी १२५, तिते करेला ६५, लौंका ४५ परवर ६५, चिचिण्डो ४५, घिरौंला ७५, झिगुनी ७५, पाकेको पर्सी ६२.३३ र हरियो डल्ले फर्सी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
भिण्डी ९५, स्कुस ८५, रायो साग ९५, तोरीको साग ५५, च्याउ कन्ये १९७.५०, डल्ले च्याउ ३६६.६७, राजा च्याउ २९०, ब्रोकाउली ११०, कटहर ४५, अदुवा २३० र भेडे खुर्सानी ११० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य



SHARE YOUR THOUGHTS