![](https://internal.appharu.com/wp-content/uploads/2024/07/antarastriya-samiti.jpg)
काठमाडौं । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पूर्वपर्यटन मन्त्री सुनद किराती र समितिका सभापित राजकिशोर यादवबीच विवाद भएको छ।
हवाई सुरक्षा लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा सुनद किरातीले बोलिरहँदा सभापति यादवले रोकेपछि विवाद भएको हो ।
बैठकमा सांसद किरातीले १२ मिनेट भन्दा बढी समय बोलिसकेपछि एमसीसीबारे धारणा राख्न थाले । सो विषयलाई रोकेर सभापति यादवले प्राविधिक कुराहरुमा जान आग्रह गरे । सभापतिको आग्रहपछि किरातीले एजेण्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाए ।
सभापति यादव र सांसद किरातीबीच भएको सवालजवाफ जस्ताको त्यस्तैः
सुदन किराती ….हुनतः सार्वभौम सत्ताको कुरा गर्दा हिजो एमसीसी पनि त्यसैअन्तर्गत गयो त हाम्रो देश । सडकमा रक्तपात भयो, राँके जुलुस भयो । देश आन्दोलित भयो । सार्वभौम सत्ता त्यति कमजोर छैन होला तर अहिले कसले हात हाल्ने कसले काम गर्ने परिस्थिति पनि त्यस्तै छ । …
सभापतिः मान्य ज्यु एक पटक समयको …
सुदन किरातीः के गर्नु एजेण्डा राखिरहाल्नु भयो, एजेण्डामा त बोलिसकौँ न ।
सभापतिः टेक्निकल कुरा राखौँ
सुदन किरातीः टेक्निकल त म कसरी राखौँ, राजनीतिक मान्छे ।
सुदन किरातीः राजनीतिक व्यक्ति म, टेक्निकल कुरा त, कुन चाहीँ जहाँज कति घण्टा उडाएर त्यसको रिसाइक्लिङ कहिले हुन्छ ? म सक्दिन नि त । विषयमा नीति केन्द्रित भन्नु न सभापति ज्यु । कसरी टेक्निकल्ली, टेक्निकल्ली भन्नुहुन्छ । म त जान्दिन टेक्निकल्ली । म त पाइलट पनि परिनँ ।
सभापतिः यहाँ टेक्निकल विषयमा वहस हुने हो ।
सुदन किरातीः राजनीतिक मान्छेले के गर्छ त ?
सभापतिः ठिक छ, यहाँ विषयमा केन्द्रित हौँ न ।
सुदन किरातीः केमा गर्दैछु त म ।
सभापतिः तपाईं राजनीति …
सुदन किरातीः सभापतिज्यु तपाईंले कसरी राख्नुभयो, राखेकै कुरामा म छलफल गरिरहेको छु ।
सभापतिः त्यही गरौँ न त । समय यहाँ कम छ ।
सुदन किरातीः एजेण्डा किन राख्नुभएको त ?
सभापतिः कुरा राख्नु त भयो नि । विषयमा अलिकति केन्द्रित होउँ न ।
सुदन किरातीः म विषय भन्दा कसरी बाहिर गएँ । तपाईंले पो बुझ्ने समस्या भयो त यो ।
सभापतिः मान्यज्यु तपाईं अलिकित हद पार गर्दै हुनुहुन्छ । तपाईंले यहाँ….
सुदन किरातीः तपाईं यहाँ दोहोर संपाद गरेर नष्ट गर्ने, धेरै एजेण्डा राख्ने ।
सभापतिः तपाईं यहाँ …..
सुदन किरातीः एजेण्डामा हामी बोल्न नपाउने ? के हो यो ?
सभापतिः तपाईंलाई…
सुदन किरातीः तपाईं हठी की म हठी ?
सभापतिः म कुरै ।
सुदन किरातीः फेरेर कुरा गर्नुहुन्छ ।
सभापतिः तपाईं समयलाई ध्यान दिनु ।
सुदन किरातीः सभापतिज्यु कोर्डिनेशन गर्नुस् ।
सभापतिः होइन, समयलाई त ध्यान दिनु…
सुदन किरातीः तपाईंले नयाँ मन्त्री छ त किन यति ४÷४ वटा गर्नुभयो त
सभापतिः किन गरिँदैन ।
सुदन किरातीः मलाई बोल्न दिँदा किन तपाईं रोक्नुहुन्छ ।
सभापतिः विषयमा राख्नुस् न ।
सुदन किरातीः यत्रो पढ्नै थियो, अझै मैले छोट्याउन खोजेको ।
सभापतिः विषयमा राख्नुस् न ।
सुदन किरातीः म त छोट्याउँदैछु, विषय केन्द्रित नभए के हो यो । अरु माननीयजतिले त मैले बोलेकै छैन त । ठिक छ मन्त्रीज्यु म बोलिनँ ।
सुदन किरातीः तपाईंको पनि ….टेप लाएर…
सभापतिः मान्य हरि उप्रेतीलाई ….
हरि उप्रेतीः कारण कसले पहिल्याउने ? थोत्रा प्लेनको, पाइटको, को पाइलटको कारण की, गुगलको कारण । यो विषय पहिला छुट्याउन जरुरी छ जस्तो लाग्छ मलाई ।
सुदन किरातीः सभापतिज्यु म लागेँ । तपाईंले आज धम्क्याउन बोलाउनुभएको रहेछ, धन्यवाद ।
हरि उप्रेतीः कसैले पनि धम्क्याएको छैन, बसौँ मान्यज्यु ।
सुदन किरातीः म बस्दिन ।
हरि उप्रेतीः यति गम्भीर विषय छ, देशको स्थिति ।
सुदन किराती झर्किंदैः गम्भीर विषयमा त कुरा राख्न पाउनुप¥यो नि ।
हरि उप्रेतीः राख्नुभयो त । त त्यत्रो…
सुदन किरातीः तपाईंले मलाई रुलिङ गर्ने की उहाँले गर्ने ? तपाईं फेरि रुलिङ गर्न थाल्ने ?
सांसदहरुः बसौँ न मान्य ज्यु ।
हरि उप्रेतीः राम्रो विषय राख्नुभएको छ भन्दै छु त ।
सुदन किरातीः एजेण्डामा कुरा गर्न नदिने भए किन एजेण्डा राख्नुभयो ।
सुदन किरातीः म त छोट्याउँदै थिएँ ।
सभापतिः यसलाई कन्टिन्यु गरौँ ।
सुदन किरातीः अरुलाई बोल्न भारी दिने, मलाई टेक्निकल कुरा गर् भन्ने ।
सभापतिः बसौँ बसौँ ।
सुदन किरातीः म थोडी इन्जिनियर पढेको हो । म राजनीति गरेर आएको हो ।
सुदन किरातीः तपाईं गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाईं गर्नुस् ।
सुदन किरातीः तपाईं दाइने झर्यो की देब्रे झर्यो हेर्नुस् । कस्तो बोल्नु दिनुहुन्न ।
सभापतिः हरि उप्रेतीज्यु बोल्नुस् ।
SHARE YOUR THOUGHTS