कालिमाटी तरकारी बजारमा आज: विस्तारै घट्दैछ तरकारीको मूल्य « Eglish Khabarhub

कालिमाटी तरकारी बजारमा आज: विस्तारै घट्दैछ तरकारीको मूल्य



काठमाडौं । अविरल बर्षाका कारण आएको बाढि र पहिरोले गर्दा बाटोघाटो अवरुद्ध भएपछि अस्वाभाविक रुपमा बढेको तरकारीको मूल्य विस्तारै घट्दै गएको छ ।

अहिले विस्तारै बाटो घाटो खुल्दै गएको र बाढि समेत सुकेर गएकाले तरकारीको उत्पादन विस्तारै बढ्दै गएको र सोहि अनुपातमा बजारमा आपूर्ति पनि हुन थालेकाले तरकारीको मूल्य बिस्तारै घट्दै गएको हो ।

केही तरकारी बाहेक पछिल्लो समयमा अधिकाँश तरकारीको मूल्यमा कमी आएको छ । कालिमाटी तरकारी बजारमा स्थानीय ज्यापु काउली, राजमा घिउ सिमी, टाटे सिमी, डल्ले हरियो फर्सी वाहेक अन्य तरकारीको मूल्य तुलनात्मक रुपमा घटेको हो ।

स्थानीय ज्यापु काउली प्रतिकिलो १ सय रुपैयाँमा शुक्रबार बिक्री भएको छ । यस्तै मकै बोडी १२५, राजमा घिउ सिमी १४५, टाटे सिमी ११५ र डल्ले हरियो फर्सी १ सय रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

उता स्वदेशी ठूलो गोलभेडा ७०, सानो स्थानीय गोलभेडा २२.५०, टनेलको सानो गोलभेडा ३४ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । पछिल्लो समयमा टनेलको सानो गोलभेडाको मूल्य क्रमिक रुपमा बढ्दै गएको हो ।

यस्तै रातो ६६, मुढे रातो आलु ५०, सेतो आलु ५२.५०, प्याज ८५.४०, गाजर ९६, बन्दा ४५, स्थानीय काउली ७५, सेतो मुला २२.५०, लाम्चो भान्टा ६६.६७, तने बोडी ७६, तिते करेला ५६, लौका ४६, परवर ६६, चिचिण्डो ५६.६७, घिरौंला ५६, झिगुनी ६६.६७, पाकेको फर्सी ६८.३३, झिण्डी ५४, स्कुस ७६, रायो साग ६६.६७, तोरीको साग ६६.६७, कन्ये च्याउ २००, डल्ले च्याउ ३४०, राजा च्याउ २९०, ब्रोकाउली १३५, कटहर ४६.६७ र भेडे खुर्सानी ९० रुपैयाँ प्रतिकिलोमा शुक्रबार कालिमाटी बजारमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा शुक्रबारको तरकारीको थोक मूल्य

Publish on: