![](https://internal.appharu.com/wp-content/uploads/2020/11/gurans-laghubittta-.jpg)
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको नाफा १४४९.११ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको नाफामा उछाल आएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १६ लाख ७६ हजार रुपैयाँ मात्रै रहेको थियो ।
यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन बढ्दा नाफामा बढोत्तरी देखिएको हो । खुद ब्याज आम्दानी ४७.९४ प्रतिशतले बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ५ करोड ६० लाख २५ हजार रुपैयाँ रहेको थियो ।
यस्तै सञ्चालन नाफा १४१८.२४ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २३ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको निक्षेप १३.१४ प्रतिशतले बढेर ३४ करोड ९४ लाख ६ हजार रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३७.२३ प्रतिशतले बढेर १ अर्ब ६८ करोड १७ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।
१० करोड १४ लाख रुपैयाँ निक्षेप रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ७१ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको खराब कर्जा ३.९० प्रतिशतले घटेर २.४६ प्रतिशत रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा रहेको छ ।
SHARE YOUR THOUGHTS