![](https://internal.appharu.com/wp-content/uploads/2024/06/gold_sun3-768x403.png)
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि एक लाख ४५ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार प्रतितोला एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४५ हजार निर्धारण भएको छ ।
यसैगरी चाँदीको मूल्य आज तोलामा १० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३० मा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ४० रुपैयाँ निर्धारण भएको छ ।
SHARE YOUR THOUGHTS