देउवाले संसदीय दलको उपनेता बनाउनु भयो भने नाइँ भन्दिन: कोइराला « Eglish Khabarhub

देउवाले संसदीय दलको उपनेता बनाउनु भयो भने नाइँ भन्दिन: कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरे ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले दलको नेताको अनुपस्थितिमा कार्यभार सम्हाल्नुपर्ने भएकाले पनि सभापति देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाई गर्न नहुने बताए ।

उपनेता अहिलेसम्म किन चयन नगरेको भनि उनले सभापतिलाई प्रश्न समेत गरे । पार्टीका सिनियर नेताहरु मध्येबाट सभापतिले संसदीय दलको उपनेता बनाउनुपर्ने महामन्त्री कोइरालाको भनाइ छ । आफूलाई सो जिम्मेवारी दिए स्वीकार गर्ने उनले बताए ।

‘उपनेता किन बनाउन भएन भनेर उहाँलाई नै सोध्नुपर्छ ? बनाउनुपर्ने हो । किन बनाउनु भएन ? त्यो भन्न सक्दिन म । म त आकांक्षी होइन । तर बनाउनु हुन्छ भने त अब मैले नाई भन्दिन,’ कोइरालाले भने, ‘तर उहाँले उपयुक्त व्यक्तिलाई बनाउनु पर्छ । सिनियर मान्छेलाई बनाउनुपर्छ भन्ने लाग्छ ।’

https://www.facebook.com/clickmandu/videos/741720614667641

Publish on: