![](https://internal.appharu.com/wp-content/uploads/2024/05/Gunakar-Bhatta.png)
काठमाडौं । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा डा. गुणाकर भट्ट सरुवा भएका छन् । कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएपछि रिक्त स्थानमा अर्का कार्यकारी निर्देशक पुगेका हुन् ।
केन्द्रीय बैंकका गभर्नर अधिकारीले आइतबारको निर्णयअनुसार भट्टलाई अनुसन्धान विभागमा सरूवा गरेका हुन् ।
भट्टले यसअघि पनि अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । डा. श्रेष्ठ आउनु अघि भट्ट नै सो स्थानमा थिए । आर्थिक अनुसन्धान विभाग राष्ट्र बैंककै ठूलो र शक्तिशाली मध्येको एक विभाग हो ।
भट्टले आर्थिक अनुसन्धानसँगै नियमन, सुपरीवेक्षणसहित हालै भुक्तानी प्रणाली विभाग प्रमुखको दायित्व निर्वाह गरिसकेका छन् । उनी राष्ट्र बैंकको प्रवक्तासमेत हुन् ।
SHARE YOUR THOUGHTS