![](https://internal.appharu.com/wp-content/uploads/2024/07/gajurel.jpg)
काठमाडौं । नेपाल फ्रेट फरवार्ड एशोसिएसन नेपाल (नेफा) ले इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेललाई सम्मान गरेको छ ।
भन्सार सहजीकरण तथा लजिस्टिक क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै कदर स्वरुप गजुरेललाई सम्मान गरिएको नेफाले जनाएको छ । ३० औं कार्गो दिवसको अवसरमा गजुरेललाई सम्मान गरिएको हो ।
सरकारी र गैरसरकारी क्षेत्र अर्न्तगत रहेर योगदानको कदर गर्दै नेफा राष्ट्रिय अवार्डबाट सम्मान गरिएको संस्थाले उल्लेख गरेको छ । गजुरेलले आफ्नो कार्यकालमा चोभार सुख्खा बन्दरगाहको सफलता पुर्वक निर्माण सम्पन्न गरी व्यवसायिक सञ्चालन गरिरहेका छन ।
यस्तै विरगंज, काकडभित्ता लगायतका ८ वटा पोर्डमा निजी क्षेत्रको सहभागितामा सञ्चालन एवं व्यवस्थापन गरिरहेका छन ।
SHARE YOUR THOUGHTS