
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबार अधिकाँश तरकारीको मूल्य ९० रुपैयाँ मुनि झरेको छ । असार अन्तिम र साउनको पहिलो साता अस्वाभाविक रुपमा बढेको तरकारीको मूल्य क्रमिक रुपमा घट्दै गएको छ ।
पर्याप्त परिमाणमा तरकारीको आपूर्ति हुन थालेपछि मूल्य घट्दै गएको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ । मंगलबार प्रतिकिलो ११५ रुपैयाँमा बिक्री भएको ब्रोकाउली बुधबार २० रुपैयाँ बढेर १३५ रपैयाँमा कारोबार गरेको छ ।
बुधबार कालिमाटी बजारमा भएको थोक कारोबार अनुसार ठूलो गोलभेडा ७६.६७, सानो गोलभेडा २२.५०, टनेल सानो गोलभेडा ३२.२०, रातो आलु ६८, मुढे रातो आलु ५१, सेतो आलु ५१, प्याज ८२.६०, गाजर ९५, बन्दा ४१, स्थानीय काउली ७५, ज्यापु काउली ९६.६७, मुला २०, लाम्चो भान्छचा ४५ र तने बोडी ६६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै घिउ सिमी ६८, टाटे सिमी ११०, तिते करेला ४५, लौंका ३०, परवर ५६, चिचिण्डो ५ट.६७, घिरौंला ३६, झिगुनी ५६.६७, पाकेको फर्सी ६५, हरियो डल्ले फर्सी ६६, भिण्डी ४५, स्कुस ६५, रायो साग ६५, तोरीको साग ५५, कन्ये च्याउ १८६, डल्ले च्याउ ३००, राजा च्याउ २९० र भेडे खुर्सानी ११० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य



SHARE YOUR THOUGHTS