
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुध्द एयरको जहाजमा समस्या देखिएपछि फेरि काठमाडौं नै फर्किएको छ।
काठमाडौंबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन- एएमडीमा प्राविधिक समस्या देखिएको बुध्द एयरले जनाएको छ ।
समस्या देखिएपछि जहाजलाई पुनः काठमाडौं फर्काइएको छ ।

काठमाडौंमा विमान सुरक्षित अवतरण भएको विमानस्थलले जनाएको छ । सो जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको बुध्द एयरले जनाएको छ ।
बुध्द एयरका अनुसार इनरुट मौसममा कारण जनकपुर उडेको जहाज पनि काठमाडौं फर्किएको छ ।
SHARE YOUR THOUGHTS