विमानस्थलभित्रको जोखिमयुक्त तेल भण्डारण डिपो सार्न उद्योग मन्त्रीको निर्देशन « Eglish Khabarhub

क्लिकमान्डु समाचार प्रभाव

विमानस्थलभित्रको जोखिमयुक्त तेल भण्डारण डिपो सार्न उद्योग मन्त्रीको निर्देशन

मध्य सहरमा तेल भण्डारणले जोखिम, डिपो सार्न निगमको अटेरी


२० श्रावण २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै सिनामंगलमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोको स्थलगत अवलोकन गरेका छन् ।

मन्त्री भण्डारी, निगमका कार्यकारी निर्देशक चण्डिका भट्टसहित निगमका उच्च अधिकारीहरुको टोलीले शनिबार उक्त डिपोको स्थलगत अवलोकन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त डिपो जोखिमयुक्त स्थानमा भएकाले स्थानान्तरण गर्न शुक्रबार निर्देशन दिएका थिए ।

निर्देशनलगत्तै मन्त्री भण्डारीसहितको टोली अहिले डिपो भएको स्थानको अवलोकन गरेका थिए । क्लिकमान्डु डटकमले उक्त जोखिमयुक्त डिपोको विषयमा गत वर्षको असोजदेखि निरन्तर रुपमा समाचार प्रकाशन गर्दै आएपछि केपी ओली नेतृत्वको सरकारले यसै साता यसबारे चासो देखाएका हुन् ।

विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले मास्टर प्लानअनुसार उक्त डिपो सार्न विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स नजिकै गृहेश्वरीतर्फ उपलब्ध गराएको ५० रोपनी जग्गाको पनि मन्त्री भण्डारीले अवलोकन गरेका थिए ।

मन्त्री भण्डारीले वर्तमान स्थानमा रहेको हवाई इन्धनको डिपोका कारण स्थानीय बासिन्दाका साथै हवाई जहाजसमेत जोखिममा रहेकाले उपलब्ध गराइएको जग्गामा डिपो सार्न नेपाल नागरिक उडड्यन प्राधिकरण(क्यान) सँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउन निगमका कार्यकारी निर्देशक भट्टलाई निर्देशन दिएका थिए ।

मास्टर प्लानमा फ्युल हाइड्रेन्ट सिस्टमसहित फ्युल डिपो छुट्टयाइएको जग्गामा निर्माण गर्नुपर्ने योजना समावेश छ । विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको मास्टर प्लानअनुसार अहिले विमानस्थल सुधार गरी फराकिलो र सुरक्षित बनाउन लागेको हो । फराकिलो बनाउने क्रममा आयोजनाले विमानस्थलको मूल रनवे नजिकै समानान्तर ट्याक्सी वे (प्यारालाल ट्याक्सी वे) निर्माण गर्न लागेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र मास्टर प्लानअनुसार मूल रनवेको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२.५ मिटर कायम गर्नुपर्ने हुन्छ । ट्याक्सी वे निर्माण गर्दा अहिले भएको निगमको हवाई इन्धनको डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था छ ।

त्यस्तै समानान्तर ट्याक्सी वे निर्माणसँगै अर्को ट्याक्सी वे स्ट्रिप (सेफ्टी एरिया) पनि निर्माण गर्नुपर्ने मास्टर प्लानमा उल्लेख छ । यो अर्को ट्याक्सी वे स्ट्रिप पनि निर्माण गर्दा डिपोको सम्पूर्ण संरचना हटाउनुपर्ने हुन्छ ।

ठूला जहाज (वाइड वडी) को पखेटा निक्कै लामो र फराकिलो हुने भएकाले समानान्तर ट्याक्सी वेपछि निर्माण हुने ट्याक्सी वे स्ट्रिपका लागि पर्याप्त खुला स्थान आवश्यक परेको हो ।

अहिले निर्माण गर्ने भनिएको समानान्तर ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिपले ओगट्ने भनेको क्षेत्रफलबाट डिपोलाई अन्य स्थानमा हस्तान्तरण नगरिए विमानस्थलको अन्तर्राष्ट्रिय मापदण्ड पूरा नहुने औंल्याइएको छ ।

तोकिएको स्थानमा डिपो नसारिए विमानस्थल सुरक्षा र उडान सुरक्षाका साथै वरपरका घना बस्तीसमेत ठूलो जोखिममा पर्न सक्ने आयोजनाले जनाएको छ । आयोजनाले उक्त डिपो अन्यत्र सार्न पछिल्लो ३ वर्षदेखि निगमलाई पत्राचार गर्दै आएको थियो । निगमले भने यस्तो जोखिमयुक्त डिपो सार्न अटेरी गर्दै आएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार ००:००  १२ : ०२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping