![](https://internal.appharu.com/wp-content/uploads/2023/10/pyaj-768x441.jpg)
काठमाडौं । कालिमाटी तरकारी बजारमा प्याजको मूल्य विस्तारै बढ्दै गएको छ ।
गत साता ८२ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको प्याजको मूल्य क्रमिक रुपमा बढ्दै मंगलबार प्रतिकिलो १०१.६७ रुपैयाँमा बिक्री भएको छ । सोमबार यो प्याज ९८ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो ।
यस्तै रायो सागको मूल्यमा पनि बृद्धि भएको छ । सोमबार प्रतिकिलो ८७.५० मा बिक्री भएको रायो सागको मूल्यमा साढे २२ रुपैयाँ बढेको छ । मंगलबार यो साग प्रतिकिलो ११० रुपैयाँमा बिक्री भएको छ ।
मंगलबार ठूलो गोलभेडा ८६, सानो गोलभेडा १५, टनेल सानो गोलभेडा २२.७५, रातो आलु ७०, मुढे आलु ५३, सेतो आलु ५१, गाजर ११०, बन्दा ४५, स्थानीय काउली ८५, ज्यापु काउली ११०, सेतो मुला २२.३३, लाम्चो भान्टा ४५, तने बोडी ५५, घिउ सिमी ५५, टाटे सिमी ९५, तिते करेला ४५ र लौंका ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै परवर ५५, चिचिण्डो ३०, घिरौंला ३५, झिगुनी ५५, पाकेको फर्सी ५५, हरियो फर्सी ६५, भिण्डी ५५, स्कुस ५५, पालुङ्गो साग १३३.३३, तोरीको साग ५५, कच्ये च्याउ १८०, डल्ले च्याउ ३२६.६७, राजा च्याउ २९०, ब्रोकाउली २१० र भेडे खुर्सानी ९५ रुपैयाँ प्रतिकिलोमा मंगलबार बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा मंगलबारको तरकारीको थोक मूल्य
![](https://internal.appharu.com/wp-content/uploads/2024/08/Saun-22-2-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/08/Saun-22-2-1-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/08/Saun-22-3-768x679.jpg)
SHARE YOUR THOUGHTS