काठमाडौं । सोमबार रातिदेखिको वर्षाले काठमाडौं जलमग्न भएको छ । अविरल वर्षापछिको बाढीले बागमती, विष्णुमती, धोविखोला, हनुमन्ते, मनोहरा नदी किनाराका बस्तीमा समेत प्रभाव पारेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४, बल्खु टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्मबागमती नदीको पानीको सतह बढेर कुलेश्वर फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्ती क्षेत्रमा पानी पसेको छ । बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरु गरेको र दक्षिणी भागमा पानी पसिसकेको छ ।
कामपा १६ माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन फुटेर घर पसल डुवान परेको छ ।
कीर्तिपुर नपा ६ चोभारमा पहिरो पहिरो गएको छ भने हेटौंडा बल्खु सडक खण्ड अबरुद्ध भएको छ ।
SHARE YOUR THOUGHTS