अरनिको र वीपी राजमार्ग अवरुद्ध, पहिरोसहित खसेको रुखले बिजुलीको तार चुडाल्यो « Eglish Khabarhub

अरनिको र वीपी राजमार्ग अवरुद्ध, पहिरोसहित खसेको रुखले बिजुलीको तार चुडाल्यो



काठमाडौं । अविरलको वर्षा पछिको पहिरोले वीपी र अरनिको राजमार्ग अवरुद्ध भएको छ । धुलिखेल नगरपालिका- ७ फोहोर फ्याक्ने डम्पिङ साइट नजिकै अरनिको राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडक माथिबाट पहिरोसहित खसेको रुखले बिजुलीको तारसमेत चुँडाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। पहिरोको कारण सडकमा अहिले एकतर्फी मात्रै गाडी चलेका छन्।

त्यस्तै मंगलबार मध्याह्न काभ्रेको रोशी गाउँपालिका ११ माम्तिस्थित वीपी राजमार्ग सडक खण्डमा अबिरल वर्षाका कारण खहरे खोलाबाट लेदो सहितको बाढी आउँदा बाटो दुई तर्फी नै अवरुद्ध भएको छ । ट्राफिक सहितको प्रहरी टोली खटीएको र सडक खुलाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

Publish on: