![](https://internal.appharu.com/wp-content/uploads/2024/08/Capture.jpg)
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।
काठमाडौंस्थित दशरथ रंगशालामा भएको खेलमा भारतले नेपाललाई पराजित गरेको हो ।
५ सेटको खेलमा ४ सेटसम्म नेपालले राम्रो प्रदर्शन गरेको थियो । ४ सेट सकिँदा भारत र नेपालको दुई दुईको बराबरी सेट थियो। तर अन्तिम सेटमा भारतले १५ अंक ल्याउँदा नेपालले जम्मा ५ अंकमात्रै ल्याएको छ ।
SHARE YOUR THOUGHTS