![](https://internal.appharu.com/wp-content/uploads/2024/06/pakrau.jpg)
महोत्तरी । भारततर्फ ठूलो मात्रामा गाँजा तस्करी गरेको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा ६ सय ११ केजी गाँजासहित उनीहरू बुधबार राति पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ गरिएको हो ।
मिनी ट्रक प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ ।
SHARE YOUR THOUGHTS