क्यानका डीजी प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्न संसदीय समितिमा माग « Eglish Khabarhub

क्यानका डीजी प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्न संसदीय समितिमा माग


२४ श्रावण २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पछिल्लो समय बढेको हवाई दुर्घटनाको विषयमा नियामक निकायको कमजोरी देखिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी)लाई निलम्बन गरेर छनबिन गर्नुपर्ने माग संसदीय समितिको बैठकमा सांसदहरुले गरेका छन् ।

बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्ने संसदहरुले बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न प्राधिकरणका जिम्मेवार पदाधिकारीलाई निलम्बन गर्नुपर्ने माग सांसदले गरेका छन् ।

यो दुर्घटनामा क्यान नेतृत्वले नैतिकता देखाउने काम नभएको उनीहरुले बताए ।

संसद धबल संशेर राणाले माहतका कर्मचारीलाई निलम्बन गरेर कारबाही गर्नुपर्ने बताए । उनले क्यानले हेलिकप्टरलाई मेन्टिनेन्स पनि गर्ने ठाउँ पनि उपलब्ध गराउन नसक्ने नेतृत्वबाट हवाई सुरक्षा नहुने बताए । उनले भने,’सम्बन्धित निकाएका कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्नुपर्छ यसमा मन्त्रीले निर्णय गर्नुपछ ।’

अर्का संसद शिशिर खनालले पनि नियामक कै कमजोरीले हवाई दुर्घटना बढेको बताए । उनले पर्यटन मन्त्री बद्री पाण्डेको ध्यानकर्षण गर्दै क्यान नेतृत्वमाथि कारबाही गर्ने प्रस्ताब ल्याउनुपर्ने बताए ।

अर्का सांसद प्रभु साहले देशको हवाइ क्षेत्र कमजोर भएको र हवाई क्षेत्र मान्छे मर्ने निकाय भएको भन्दै भन्दै क्यान नेतृत्वलाई प्रश्न गरे ।

उनले क्यानका कर्मचारी जवाफदेही नदेखिएकोले पनि उनले राजीनामा दिनु पर्ने बताए ।

‘मालपानी लिएर नियुक्ति गराउने अनि जिम्मेवार नलिने ?’ अहिले पदमा बसेको बेला भएकोले लिडर तपाईंहरु हो । उहाँहरुलाइ कारबाही गर्नुस्’ साहले भने ।

अर्का सांसद राजेन्द्र बजगाईंले पनि धुलो बाहिर फाक्ने काम गर्नु पर्ने भन्दै कार्पेटभित्र राख्न नहुने बताए।

क्यानका डीजीले हवाई क्षेत्र सुधारको काम गर्न नसक्ने भन्दै सांसद बजगाईंले अधिकारीको राजीनामा माग गरे । उनले भने, ‘अहिलेका डीजीले भैरहवामा एरोबीज नबनाइ एअरपोर्ट बनाए, पोखरामा रनवे नै धसाएर पानी ट्यांकी नै काट्नु पर्ने गरि काम गरे । यो काम हेर्दा क्यानको डीजी ठेक्कामा मात्रै लागे । उनलाई तत्काल बर्खास्त गनुपर्छ ।’

अर्का सांसद उदयसमशेर जबराले पनि नियामक र सेवाप्रदायकलाई छुट्याएर जनुपर्ने बताए । उनले भने,’ क्यानको क्लिन सेपरेसन चाहियो । नियाम र सेवाप्रदायक एकै हुँदा समस्या देखिएको छ ।’

जवराले क्यानका डीजी प्रदीप अधिकारीलाई नै निरन्तरता दिएर हवाई दुर्घटनाको सही विवरण प्राप्त हुन नसक्ने बताए ।
‘अहिलेकै डीजी हुँदासम्म दुर्घटनाको सही रिपोर्ट आउँदैन,’ उनले भने ।

सांसद बिमलेन्द्र निधीले पनि अब एक्सनमै जानुपर्ने बताए । निधिले क्यानका डीजीलाई तत्काल पदमुक्त गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार

दुर्घटनास्थल पुगेर फर्किएका पर्यटनमन्त्रीले भने: हेलिकप्ट देब्रेतिर मोडेर फेरि दाहिनेतिर फर्किए जस्तो देखियो
मालपानी खाएर क्यानमा प्रमुख नियुक्त गर्नेले दुर्घटनाको जिम्मा लिनुपर्छ: सांसद शाह (भिडियो)
बादलभित्र हेलिकप्टर छिर्दा दुर्घटना भयो: प्राधिकरण महानिर्देशक
६ अमेरिकी उडाउन अनुमति पाएको डाइनेस्टीको हेलिकप्टरले चिनियाँ लगेको खुलासा
डाइनेस्टी एयर दुर्घटनामा गम्भीर गल्ती: दुर्घटनाको ४८ मिनेटपछि उद्धार, कम्पनीको ‘भि टु ट्रयाक’ मा समस्या
नेपाली आकाशको सुरक्षामा नियामकको हेलचेक्र्याइँ बन्द गर
डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिनका लागि ३ सदस्यीय आयोग बनाउने सरकारको निर्णय
हेलिकप्टर दुर्घटना: ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
हेलिकप्टर दुर्घटना: क्याप्टेन मल्लसहित यी हुन् ५ मृतक (सूचीसहित)
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने ४ चिनियाँ एकै परिवारका हुनसक्ने
काठमाडौंबाट उडेको ३ मिनेटमै टावरसँग हेलिकप्टरको सम्पर्क विच्छेद
वडाध्यक्षको बयान: हेलिकप्टर रुखमा ठोकिँदा रुख नै जलेको छ, पाँचै जनाको शव भेटियो
२० मिनेटमा स्याफ्रुबेसी पुग्नुपर्ने हेलिकप्टर १ घण्टासम्म सम्पर्कमा नहुँदा विमानस्थलको वेवास्ता
सूर्यचौरका वडाध्यक्ष भन्छन्- ‘हेलिकप्टर दुर्घटनास्थलमा बादल र तुवाँलो छ’
डाइनेस्टीको हेलिकप्टर खोज्न गयो प्रभु एयरको हेलिकप्टर
एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटना हुँदा आगो लाग्यो, ४ चिनियाँ यात्रु लिएर जाँदै थियो स्याफ्रुबेसी
५ जना सवार एयर डाइनेस्टिको हेलिकप्टर काठमाडौंको शिवपुरीबाट सम्पर्कविहीन

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार ००:००  १ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping