मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रंक डेडिकेटेड लाइन लिएका छैनौं, तिरेको बढी रकम अग्रिम दाखिला गरिदिनू: यशोदा फुड्स


काठमाडौं । यशोदा फुड्स प्रालिले नेपाल विद्युत प्राधिकरणलाइन नियमित महसुलभन्दा बढी तिरेको रकम अग्रीम दाखिला कायम गरिदिन माग गरेको छ ।

कम्पनीले आइतबार प्राधिकरणलाई पत्राचार गर्दै बढी तिरेको रकम आगामी तिर्नुपर्ने महसुलमा हिसाब मिलान गर्ने गरी अग्रीम दाखिला कायम गरिदिन अनुरोध गरेको हो ।

कम्पनीले प्राधिकरणलाइन लेखेको पत्र अनुसार उद्योगले ट्रंक तथा डेडिकेटेडलाइन माग नै गरेको छैन् । तर प्राधिकरणले ट्रंक तथा डेडिकेटेडलाइन लिएको भनि विशेष दर लगाई छुट प्रिमियम महसुल रकम माग गरी पत्राचारु गरेको छ । ‘यस उद्योगको चित्त नबुझेको, लाल आयोगको प्रतिवेदन र  सिफारिस बमोजिम केहि तिर्नुपर्ने बुझाउनुपर्ने सो तिर्न बुझाउन तयार रहेका छौं भन्दा पनि विवादित रकम तत्काल दाखिला गर्न अन्य अन्यथा लाइन काटिने तथा कानुन अनुसार भइजानेछ भनि प्राधिकरणबाट ताकेता आएको छ,’ प्राधिकरणलाई लेखेको पत्रमा भनिएको छ, ‘उद्योगले विभिन्न खाद्य वस्तु उत्पादन गरी बिक्री गर्दै आएको छ । बजारमा माग बढी रहेको विषयमा तत्काल मनन  गरी माग बमोजिम उत्पादन बजारमा पूर्‍याउन नसकेमा  बजारमा असर पर्ने कारणबाट उद्योग बाध्य भई केहि रकम दाखिला गरेक हो।’

यशोदा फुड्सले विद्युत प्राधिकरणलाइ लेखेको पत्र ।

पत्रमा उद्योगका तर्फबाट बढी दाखिला भएको रकम आगामी तिर्नुपर्ने महसुलमा हिसाब मिला गर्ने गरी अग्रीम दाखिला कायम गरिदिन अनुरोध गरिएको छ ।

यशोदा फुड्स प्रालिले ट्रंक तथा डेडिकेटेडलाइन बापत रहेको ४ लाख २५ हजार २३१रुपैयाँ तिरेको थियो । प्राधिकरणले उक्त रकम ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौतामा हिसाब मिलान  गरेको छ ।