सहकारी ठगी आरोपमा जेलमा रहेकालाई सिंहदरबारमा ल्याएर छानबिन समितिको सोधपुछ « Eglish Khabarhub

सहकारी ठगी आरोपमा जेलमा रहेकालाई सिंहदरबारमा ल्याएर छानबिन समितिको सोधपुछ


२९ श्रावण २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सहकारी बचत रकम अपचलन छानबिनका लागि गठन भएको संसदीय छानबिन विशेष समितिले रकम अपचलनका विषयमा कैदीबन्दीसँग सोधपुछ गरेको छ ।

सहकारीको रकम अपचलनको आरोपमा कैदमा रहेकाहरुसँग आइतबारदेखि सिंहदरबारमा बोलाएर सोधपुछ गरिरेको हो ।

सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीका अभियुक्त इच्छाराज तामाङ, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कृष्णबहादुर उप्रेती, कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक हिमालय विक्रम मल्ल ठकुरीलाई डिल्लीबजार कारागारबाट झिकाएर संसदीय समितिमा सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

यसैगरी सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य राजबहादुर सिंहलाई पनि सोधपुछ गरिएको छ । मंगलबार पनि सहकारी ठगीको आरोपमा जेलमा रहेकाहरुलाई संसदीय समितिमा बोलाएर सहकारी रकम अपचलनका विषयमा छानबिन गरिने थापाले बताए ।

समितिले साउन २७ गते सुमेरू बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष हेमराज दाहाल, हालका अध्यक्ष कृष्णप्रसाद कँडेल र २०८१ असार ३ को साधारणसभाबाट प्रस्तावित अध्यक्ष वीरेन्द्र महर्जनसँग सोधपुछ गरेको थियो ।

समितिले साउन २६ गते पशुपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्वअध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङलाई केन्द्रीय कारागार, जगन्नाथ देवलबाट बोलाएर सोधपुछ गरेको छ ।

२६ गते नै नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बालाई नख्खु जेलबाट सिंहदरबारमा बोलाएर समितिले सोधपुछ गरेको छ ।

सोही दिन समितिले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका सेयर सदस्य, ऋणी तथा केदारनाथ शर्माकी श्रीमती गीता शर्मासँग केन्द्रीय कारागार, जगन्नाथ देवलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरेको छ ।

त्यसै दिन गीताका श्रीमान तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग नख्खु जेलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरेको छ ।

समितिले २६ गते विशेष समितिको कार्यविधिअनुसार गोरखा वचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष डम्बरबहादुर तामाङ (डिबी बम्जन), गोरखा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इमानसिंह राई, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तथा कार्यकारी प्रमुख सुरेन्द्र भण्डारी, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमसँग छलफल गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार ००:००  १२ : ५६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping