![](https://internal.appharu.com/wp-content/uploads/2024/05/kathmandu-metropolitan-city-768x482.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका नदीको दायाँबायाँ २० मिटरसम्म भवन निर्माण गर्न नपाइने भएको छ ।
महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगरभित्रका नदीको दायाँ/बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो ।
महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउवाट दायाँबायाँ छोड्नुपर्ने भनी तोकेको दुरीको अतिरिक्त थप २० मिटर जग्गामा भवन बनाउने नदिने निर्णय गरेको हो।
निर्माण कार्य रोक्का राख्ने, बागमती नदी र तिनका सहायक नदीमा मलमुत्रयुक्त प्रदुषित पानी नपठाउने, निजी तथा सरकारी घर तथा स्वामित्वको व्यवसायिक भवन, कार्यालयको खुला क्षेत्रमा सोकपिट बनाइ भुमिगत जलस्रोत पुन:भरण गर्ने, नदीहरुमा कुनै किसिमको फोहोर नफाल्ने लगायको निर्णय गरेको छ ।
कसैले महानगरपालिकाले रोक लगाएको कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ । नियमित अनुगमन काठमाडौं महानरपालिका र वडा कार्यालयहरुले गर्नेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/08/453099821_1262494675124631_9214877762614376795_n-768x648.jpg)
SHARE YOUR THOUGHTS