२८ मंसिर २०८२, शनिबार

रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरे देश विकास हुन्छ: पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरेको खण्डमा देश विकास हुन सक्ने बताएका छन् ।

बुधबार आइएमई लिमिटेडले जीएमई रेमिटलाई प्राप्तिपछिको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा निर्देशक पौडेलले अहिले जीडीपीको २४ प्रतिशतको हाराहारीमा रेमिट्यान्स भित्रने गरेको बताउँदै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सकेको खण्डमा देशको विकास हुने बताएका हुन् ।

रेमिट्यान्स फर्मल च्यानलबाट ल्याउन १ प्रतिशत थप ब्याद दिने, आईपीओमा आरक्षण र आगामी दिनमा रेमिट्यान्समा आधारित भएर लोन दिने व्यवस्था गर्न लागिएको उनले बताए ।

कम लागतमा बैकिङ प्रणालीबाट रमिट्यान्स ल्याउन लागेको बताए । अहिले ४ प्रतिशत लागत रहेको र डिजिटलमा जाँदा लागत आधा घटने उनको भनाइ छ ।