![](https://internal.appharu.com/wp-content/uploads/2024/08/kumaree.jpg)
काठमाडौं । कुमारी बैंकका ग्राहकहरुलाई नयाँ बानेश्वरको नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकका सेवाहरुमा विशेष छुट हुने भएको छ ।
कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर र कौशलटार सेवाकेन्द्रबाट सेवा लिए वापत १० प्रतिशतसम्म छुट पाउनेछन् ।
यसका लागि उनीहरुले कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्नुपर्ने हुन्छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकले अपेक्षा राखेको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ इकाइहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दैआएको छ ।
SHARE YOUR THOUGHTS