नेपालबाट फर्किएका भारतीय विदेश सचिव सवार विमान सिमराको आकाशबाट भारत छिरेपछि क्यानमा ‘खैलाबैला’ « Eglish Khabarhub

नेपालबाट फर्किएका भारतीय विदेश सचिव सवार विमान सिमराको आकाशबाट भारत छिरेपछि क्यानमा ‘खैलाबैला’


३० श्रावण २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्री सवार भारतीय वायु सेनाको विमान सिमरामाथिको आकाशबाट भारत प्रवेश गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा खैलाबैला मच्चिएको छ ।

नेपाल र भारत सरकारको सहमतिअनुसार सिमरामाथिको आकाशबाट नेपालमा विमान प्रवेश गर्न मात्रै पाउँछन् । नेपाल सरकारले सिमराको आकाशबाट गल्फ ५९८ रुट हुँदै भारततर्फ विमान उडानका लागि अनुमति माग गरे पनि उसले मानेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोही अनुसार भारतबाट आउने गरि मात्र गल्फ ५९८ मा एकतर्फी हवाई रुट तय गरेको छ।

सोमबार भारतीय विदेश सचिव मिस्री नेपाल नागरिक उड्डयन प्राधिकरण र डिउटीमा रहेका एयर ट्राफिक कन्ट्रोलरलाई पूर्वजानकारी नदिई सिमरा माथिको आकाशबाट भारत प्रवेश गरेका हुन् । जसले गर्दा प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलरसँग भारतीय विदेश सचिव मिस्री सवार विमानलाई कुन आधारमा सिमरामाथिको आकाशबाट भारत जान दिएको भन्दै प्रश्न गरेको छ।

गल्फ ५९८ (भारतीय आकाशमाथि रहेको सेरा माइक रोमियो) हुँदै गल्फ ३३६ (सिमरा माथिको आकाश)बाट विमानहरु नेपाली भू-भागमा प्रवेश गर्ने गर्छन् । वान वे एराइभल रुट तय भएको उक्त क्षेत्रबाट भारतीय विदेश सचिव सवार विमानलाई भारततर्फ जान दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग चासो राखेको हो ।

‘दुईतर्फी रुट नभएको ठाउँमा गल्फ ३३६ (सिमरामाथिको आकाश)बाट भारतीय आकाशमाथि रहेको सेरा माइक रोमियोमा विदेश सचिव सवार विमानलाई कसरी जान दिइयो भन्ने चासो व्यवस्थापनले चाखेको छ,’ स्रोतले भन्यो, ‘सिमरा माथिको आकाशबाट नेपाल प्रवेश गरेका विमानहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने गर्छन् । विमान अवतरणका लागि प्रयोग हुने रुटबाट मानलाग्दी हिँड्दा जोखिम हुन सक्छ ।’

नेपाली भू-भागबाट भारततर्फ जाने विमान लिमा ६२६ (नेपालगञ्ज हुँदै महेन्द्रनगरको आकाशमाथि) बाट भारतीय भूमिमा जाने गर्छन् । यस्तै, ब्राभो ३४५ (विराटनगर माथिको आकाश)बाट समेत नेपाली भू-भागबाट भारतीय भूमिमा विमानहरु जाने गर्छन् । यस्तै, सिमरा माथीको आकासमा एयररुट गल्फ ५९० भने दुईतर्फी रुट हो । त्यसबाट बुद्ध एयरले नियमित रुपमा बनारस उडान गर्दै आएको प्राधिकरणबाट एक पुर्व महानिर्देशक बताउँछन् । तर, गल्फ ५९८ बाट भारत तर्फ उडान गर्न नमिल्ने स्रोतको भनाई छ । प्राधिकरणले प्रकाशित गरेको एरोनटिकल इन्फर्समेसन पब्लिकेसन (एआईपी) मा गल्फ ५९८ भारततर्फबाट अवतरण मात्रै हुने एकतर्फी रुट भएको उल्लेख छ ।

भारतका विदेश सचिव मिस्री साउन २७ गते नेपाल भ्रमणमा आएका थिए । नेपाल भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किँदा उनी उडेको विमानले उडान सम्बन्धी नियम उल्घंन गरेको हो ।

नेपाल रहँदा भारतका विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, सहरी विकासमन्त्री प्रकाशमान सिंह, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग गरेका थिए ।

सिमराको आकास माथिबाट उडेको विदेश सचिव सवार विमान लखनउ हुँदै नयाँ दिल्ली गएको थियो ।

‘सिमरा माथिको आकाशलाई दुईतर्फी रुट बनाइदिन नेपाल सरकारले लामो समयदेखि आग्रह गर्दासमेत भारतले मानेको छैन,’ स्रोतले भन्यो, ‘महेन्द्रनगरबाट भारत प्रवेश गर्नुभन्दा सिमराबाट नजिक हुने भएकाले नेपालले सिमरालाई दुईतर्फी रुट बनाउन माग गरेको हो । तर, भारतले अहिलेसम्म मानेको छैन ।’

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार ००:००  ६ : ३० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping