![](https://internal.appharu.com/wp-content/uploads/2023/08/sonapur-minerals.png)
काठमाडौं । सोनापुर मिनरल्स् एन्ड आयल नोक्सानीमा रहेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म सोनापुर मिनरल्स् एन्ड आयल ४६ करोड ९२ लाख ८६ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा २ करोड ६२ लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको आम्दानी घट्दा घाटामा गएको छ । कम्पनीको आम्दानी ५.२२ प्रतिशतले घटेर १ अर्ब ६३ करोड ९९ लाख ९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ७३ करोड १ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।
३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २९ करोड २१ लाख २९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २६ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १६३ पैयाँ २४ पैसा रहेको छ ।
SHARE YOUR THOUGHTS