![](https://internal.appharu.com/wp-content/uploads/2024/07/nabil-bank-1-768x388.jpg)
काठमाडौं । नबिल बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले भदौमा ब्यक्तिगत मुद्दति निक्षेपमा ६ देखि ७ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ४.५० देखि ६ प्रतिशत ब्याज दिने छ ।
बैंकले भदौमा ब्याजदर स्थिर राखेको छ । साउन र भदौमा बैंकको ब्याजदर उति नै रहेको छ । रेमिट्यान्स मुद्दति निक्षेपमा ८ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।
साधारण बचतमा ३ देखि ५ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकको बेसरेट ७.६३ प्रतिशत रहेको छ ।
SHARE YOUR THOUGHTS