![](https://internal.appharu.com/wp-content/uploads/2024/08/Kulman-768x407.jpg)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जिम्मेवार व्यक्तिहरुले सार्वजनिक रुपमा प्राधिकरणको कागजी नाफा हो भने पनि त्यसमा सत्यता नभएको बताए ।
प्राधिकरणको ३९ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले महालेखा जस्तो संबैधानिक निकायले बैधानिक अडिट गरेपछि सार्वजनिक भएको विवरण भएको बताए ।
पछिल्लो समय ट्रंक र डेडिकेटेड लाइनको बक्यौतालाई देखाएर कागजी नाफा कमाएको प्राधिकरणमाथि आरोप लागेको छ । प्राधिकरणको सन्चित नाफा ४७ अर्ब ४१ रुपैयाँ पुगेको छ ।
प्राधिकरणले कमाएको नाफा रकम विधुत उत्पादन, प्रसारण तथा बितरणलाइनमा १ खर्ब रुपैयाँ लगानी गरेको छ ।
प्राधिकरणको ३९ औ वार्षिक उत्सवमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आमन्त्रण गरिएको थियो ।
प्राधिकरण आज विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउँदैछ । उनी आउने पक्का भएपछि सोही अनुसारको बस्ने व्यवस्था मिलाइएको थियो । उनी नआउने भएपछि प्रधानमन्त्रीका लागि राखिएको सोफा हटाइएको थियो ।
उद्योगी र प्राधिकरणबीच ट्रंक र डेडिकेटेड लाइनको विवाद चलिरहेको छ । प्रधानमन्त्री ओलीले कुलमान र प्राधिकरण विरुद्ध संसदमा नै आक्रामक अभिव्यक्ति दिएका थिए ।
उनले कुलमानसँग बक्यौंता रकमको बिषयमा कुनै प्रमाण नभएको बताएका थिए । यस अघि ओली प्रधानमन्त्री हुँदा घिसिङलाई स्पष्टीकरण समेत सोधेका थिए ।
SHARE YOUR THOUGHTS