![](https://internal.appharu.com/wp-content/uploads/2023/12/pyaj_onion-768x403.jpg)
काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा सोमबार प्याजको मूल्य एक्कासी बृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार प्याजको मूल्यमा प्रतिकिलो १० रुपैयाँ ३३ पैसा बृृद्धि भएको छ ।
आइतबार प्रतिकिलो ९२.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको प्याज सोमबार भने १०३ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।
सोमबार ठूलो गोलभेडा ९६.६७, सानो गोलभेडा ४५, टनेलको सानो गोलभेडा ५०, रातो आलु ६७.६०, मुढे रातो आलु ६३.२०, सेतो आलु ५३.६०, गाजर ९६, बन्दा ६६, स्थानीय काउली ९६.६७, ज्यापु काउली ११६.६७, सेतो मुला २७.५०, लाम्चो भन्टा ४६, तने बोडी ७६, घिउ सिमी ८६, टाटे सिमी ९६.६७, तिते करेला ४६, लौंका ४५, परवर ८५ र चिचिण्डो ३४ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै घिरौला ५५, झिगुनी ६६.६७, पाकेको फर्सी ६२, हरियो डल्ले फर्सी ८६.६७, भिण्डी ३५, पिडालु ७६.६७, स्कुस ३८, रायो साग ९६, तोरीको साग ६६.६७, कन्ये च्याउ २०८, डल्ले च्याउ ४००, ब्रोकाउली १५०, भेडे खुर्सानी ६६, अदुवा १९० र लसुन २१५ रुपैयाँ प्रतिकिलोमा सोमबार बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा सोमबारको तरकारीको थोक मूल्य
![](https://internal.appharu.com/wp-content/uploads/2024/08/Bhadra-3-1-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/08/Bhadra-3-2-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/08/Bhadra-3-3-768x631.jpg)
SHARE YOUR THOUGHTS