पहिरो खसेर सिन्धुपाल्चोकमा इन्द्रावती थुनियो, तल्लो तटीय क्षेत्रमा जोखिम « Eglish Khabarhub

पहिरो खसेर सिन्धुपाल्चोकमा इन्द्रावती थुनियो, तल्लो तटीय क्षेत्रमा जोखिम



फाइल तस्बिर

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा इन्द्रावती नदी थुनिएको छ । गाउँपालिकाको तिपेनीमा सोमबार सुख्खा पहिरोका कारण इन्द्रावती नदी आंशिक थुनिएको हो ।

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले सुख्खा पहिरो खसेकोले त्यसले इन्द्रावती नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गर्दै सूचना निकालेको छ।

पहिरोले इन्द्रावती नदीको बहावमा अवरोध सिर्जना भएको प्रशासनको भनाइ छ । नदी थुनिएर एक्कासी खोलिएमा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ र ८, मेलम्ची नगरपालिका वडा नम्बर ७, ९, ११, १२ र १३ तथा इन्द्रावती गाउँपालिका वडा नम्बर १०, ११ र १२ का नदी तटमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई प्रशासनले उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह छ ।

Publish on: