![](https://internal.appharu.com/wp-content/uploads/2024/08/prakashman-sing-768x400.jpg)
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणका लागि धरहरा खुला गर्ने तयारी भएको बताएका छन् ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उनले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त मिलाएर १०० दिनभित्र खुला गर्ने जानकारी दिए ।
धरहरा र सुकुम्बासी बस्तिका विषयमा शहरी विकास मन्त्री सिंहसँग छलफल गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सिंहदरबार पुगेका छन् ।
संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने उनले बताए ।
उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको पनि बताए । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको उनको भनाइ छ ।
राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा आफू सहमत रहेको र त्यसको लागि काम शुरु गरिसकेको सिंहले बताए ।
SHARE YOUR THOUGHTS