एक्सप्रेस टी ईभी ट्याक्सीको नयाँ सर्भिस सेन्टर गोगंबुमा खुल्यो « Eglish Khabarhub

एक्सप्रेस टी ईभी ट्याक्सीको नयाँ सर्भिस सेन्टर गोगंबुमा खुल्यो



काठमाडौं । एक्सप्रेस टी विद्युतीय ट्याक्सीको गोगंबुस्थित नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएको छ ।

बुधबारदेखि सर्भिस सेन्टर सञ्चालनमा आएको हो । सर्भिस सेन्टरको उद्घाटन कार्यक्रममा प्यासेन्जर भेहिकल विजनेस युनिटका महाप्रबन्धक सावन्त जंग सिजापती, प्यासेन्जर भेहिकल कस्टमरका केयरका सहायक महाप्रबन्धक कुमार भण्डारी तथा एक्सप्रेस टी का प्रतिनिधिहरु रन्धिर चौधरी र प्रसन्न रगंनाथनको उपस्थितिमा थियो । 

कम्पनीको सेवा सञ्जाल बिस्तार योजना अनुसार ग्राहकहरुको सुविधालाई ध्यानमा राखी नयाँ सर्भिस सेन्टर थप गरिएको हो । एक्सप्रेस टी विद्युतिय ट्याक्सीको सर्भिसिङ तथा चार्जिङ सुविधाहरु सहितको यस सर्भिस सेन्टर मार्फत ग्राहक सेवालाई परिस्कृत पारिएको कम्पनीले जनाएको छ ।

यस सर्भिस सेन्टर उद्घाटनको अवसरमा  भाद्र ५ गतेदेखी ७ गतेसम्म शुभारम्भ क्याम्प आयोजना गर्न लागेको छ । उक्त क्याम्प अन्गर्तत सर्भिसिङ गर्दा लेवर चार्ज, गाडीको टप वास, सस्पेन्सन चेकअप, मल्टी प्वाइन्ट चेकअप, ब्रेक चेकअप, ब्याट्री र इलेक्ट्रकल चेकअप, कम्प्युटर डाइग्नोसिस र आँखाको चेकअप लगायतका सुविधाहरु निःशुल्क रुपमा प्राप्त गर्न सकिनेछ । यसका साथै स्पेयर पार्टस र ल्युब्रिकेन्टसमा छुट दिएको छ ।

Publish on: