![](https://internal.appharu.com/wp-content/uploads/2024/08/samsad1-768x403.png)
काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे वैठक बस्न लागेको हो ।
आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ भने रास्वपा सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका बारेमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण प्रस्ताव राख्ने कार्यक्रम रहेको छ ।
यस बाहेक आजको बैठकमा संसदमा विभिन्न विधेयक पेस गर्ने तालिका रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/08/image-32-704x768.png)
SHARE YOUR THOUGHTS