![](https://internal.appharu.com/wp-content/uploads/2024/08/lekha-samiti1-2.png)
काठमाडौं । डेडिकेटेड ट्रंक लाइनको महसु्ल विवादबारे छलफल गर्न बसेको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।
आइतबार दिउँसोबाट बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा निर्णय हुन नसकेपछि सभापति ऋषिकेश पोखरेलले बैठक स्थगित गरेका हुन् ।
विद्युत महसुल वक्यौता विवादमा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि कारबाहीका लागि पत्राचार गर्ने विषयमा सत्तारुढ दलहरु नै विभाजित भएपछि निर्णय हुन नसकेको हो ।
नेकपा एमालेका सांसदहरुले कुलमानमाथि कारबाहीका लागि पत्राचार गर्नुपर्ने बताइरहँदा सत्तारुढ दल नेपाली कांग्रेसले भने थप छलफल आवश्यक भएको भन्दै मध्यमार्गी मत राखेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरुले भने कुलमानमाथि कारबाही गर्न नमिल्ने अडान लिए ।
बैठक स्थगित गर्नुअघि सांसदहरुबीच विवाद भएको थियो ।
SHARE YOUR THOUGHTS