एजेन्सी । अमेरिका तथा युरेपियन युनियन (इयु) पछि क्यानडाले पनि चिनियाँ विद्युतीय गाडीमा शतप्रतिशत भन्सार लगाएको छ । यसअघि अमेरिका तथा इयुले चिनियाँ इभीमा भन्सार बढाएका थिए ।
यसका साथै, क्यानडाले चिनियाँ स्टिल तथा आलुमुनियम आयातमा पनि २५ प्रतिशत भन्सार लगाउने योजना बनाएको छ ।
क्यानडा, अमेरिका तथा इयुले चीनमाथि आफ्ना इभीमा अनुदान दिएर अस्वच्छ प्रतिस्पर्धा बढाएको आरोप लगाएका छन् । तर, चीनले यसलाई ब्यापार सुरक्षणको नाम दिँदै यस्ता नियमले विश्व ब्यापार संगठन (डब्लुटीओ)को सम्झौताको उल्लंघन हुने जनाएको छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफनो देश भविष्यमा गाडीको बजारमा विश्वकै अग्रणी हुने लक्ष्यका साथ अगाडि बढेको भए तापनि चीनको ब्यवहारले विश्व बजारमा अस्वस्थ्य प्रतिस्पर्धा मौलाएको बताए ।
क्यानडाले बढाएको चिनियाँ इभीमा आयात भन्सार दर साघांइमा बन्ने टेस्लालाई पनि लाग्ने जनाइएको छ । तर, टेस्ललाले भने क्यानडासँग आफ्ना गाडीको भन्सारमा केहि छुट दिन आग्रह गरिरहेको छ ।
क्यानडाले चिनियाँ विद्युतीय गाडीमा अक्टोबर १ तारिखदेखि शत प्रतिशत भन्सार लगाउँदै छ भने चिनियाँ स्टिल तथा आलुमुनियम आयातमा अक्टोबर १५ देखि २५ प्रतिशत भन्सार लगाउने तयारी गरेको हो ।
चिनियाँ वाणिज्य मन्त्रालयका प्रबक्ताले क्यानडाको कदमले विश्व आर्थिक प्रणालीलाई नमानेको र यस्ता कदमले विश्वको ब्यापारिक नियमलाई उल्लंघन गर्ने बताए । चीन यस्ता गलत कदम तत्काल सच्याउन क्यानडालाई आग्रह गर्दछ, उनीहरुले बताए । क्यानडा अमेरिका पछि चीनको सबैभन्दा ठूलो ब्यापारिक साझेदार हो ।
चार महिनाअघि मे महिनामा अमेरिकाले चिनियाँ इभीमा चारगुणा भन्सार बढाएको थियो । त्यसपछि अमेरिकाको सिको गर्दै इयुले पनि चिनियाँ इभी आयातमा ३६.३ प्रतिशतले भन्सार बढाएको थियो ।
SHARE YOUR THOUGHTS