![](https://internal.appharu.com/wp-content/uploads/2024/08/mg-_nada-auto-2024-2.jpg)
काठमाडौं । नाडा अटो शो-२०२४ मा राखिएको लक्जरी स्पोर्टस कार एमजी साइबरस्टर सोल्ड आउट भएको छ ।
कम्पनीले दुईवटा कार ल्याएको थियो । नाडा अटो शोको पहिलो दिन एउटा कार प्रदर्शनी राखेको थियो । दुवै कार बिक्री भएपछि कम्पनीले अटो शो स्टलबाट कार हटाएको छ । मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो चलिरहेको छ ।
एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले ग्राहकहरुले अर्डर आएपछि मात्रै आयात गरिने बताए । ‘हामीले ग्राहकले अर्डर गरेपछि ल्याउने हो । ल्याएका दुवै बिक्री भएपछि स्टलबाट हटाएका हौं,’ अर्यालले भने ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/08/mg-_nada-auto-2024-1.jpg)
यो कारको मूल्य १ करोड ६७ लाख ९९ हजार रुपैयाँ पर्छ । यो विश्वभर चर्चा पाएको कार हो । साइबरस्टरमा २५० किलोवाट क्षमताको मोटरपावर छ । ७० किलोवाटको ब्याट्री प्याक उपलब्ध छ ।सिंगल चार्जमा ५०८ किमी रेन्ज दिन्छ । साइबरस्टरको लम्बाई ४३३५ एमएम छ ।
SHARE YOUR THOUGHTS