२९ मंसिर २०८२, आइतबार

पाँचथरको फालेलुङमा विस्फोट, २ बालबालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङबुङमा विस्फोट हुँदा २ बालबालिकाको मृत्यु भएको छ ।

प्राङबुङस्थित ज्ञानबहादुर राईको परिवार बस्दै आएको घरको आँगनमा बिहीबार अपराह्न साढे ३ बजे विस्फोट हुँदा २ जनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मृत्यु हुनेमा ज्ञानबहादुरका छिमेकी दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र २ वर्षीया छोरी प्रिन्सा साँवा रहेकी छन्।

दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हेमन्त भण्डारीले जानकारी दिए ।

विस्फोटमा ज्ञानबहादुरका दुई छोरा घाइते भएकामा एक जना बिहीबार नै डिस्चार्ज भएको र एक जनाको उपचार भइरहेको छ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले उक्त वस्तु ह्यान्डमेड ग्रिनेड हुनसक्ने बताए।

अर्को शंकास्पद वस्तु समेत देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल जान लागेको कोइरालाले बताए ।

विस्फोटक पदार्थ कहाँबाट आयो भन्नेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।