काठमाडौं । प्रधानमन्त्री केपी ओली चढेको हेलिकप्टर काभ्रेको धुलिखेल पुगेर बिग्रिएको छ । काठमाडौं विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धुलिखेल पुगेका प्रधानमन्त्री ओली चढेको हेलिकप्टर बिग्रिएको हो ।
दिक्षान्त समारोहमा सहभागी हुन नेपाली सेनाको एनए ०६७ कलसाइनको हेलिकप्टरमा प्रधानमन्त्री काभ्रे पुगेका थिए । त्यहाँ पुगेपछि सो हेलिकप्टर बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई लिन अर्को हेलिकप्टर गएको छ ।
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २९ औं दिक्षान्त समारोह शुक्रबार आयोजना हुँदैछ । सोही कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन प्रधानमन्त्री ओली काभ्रे पुगेका थिए ।
काठमाडौंबाट गएको नेपाली सेनाको अर्को हेलिकप्टरमा प्रधानमन्त्री ओली धुलिखेलबाट फर्किसकेका छन् । बिग्रिएको सो हेलिकप्टरलाई अहिले नेपाली सेनाका इन्जिनियरहरूले मर्मत गरिरहेका छन् ।
प्रतिक्रिया