ज्यानु–बसन्तराज मिश्र फाउन्डेसनबाट जनही ३ लाखसहित तीन जना सम्मानित « Eglish Khabarhub

ज्यानु–बसन्तराज मिश्र फाउन्डेसनबाट जनही ३ लाखसहित तीन जना सम्मानित


१४ भाद्र २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौँ । ज्यानु–बसन्तराज मिश्र फाउन्डेसनले विभिन्न तीन विधामा फरक फरक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई पुरस्कारसहित सम्मानित गरेको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फाउन्डेसनले पहिलोपटक उक्त पुरस्कार प्रदान गरेको हो ।

फाउन्डेसनले यस वर्ष पर्यटन पत्रकारितातर्फ कान्तिपुर दैनिकका सुरज कुँवर, लोकराज मिश्र वातावरण संरक्षण पुरस्कारबाट एन्टी पोचिङ युनिट, चितवन राष्ट्रिय निकुञ्ज कसरा र दुर्गादेवी मिश्र शिक्षा पुरस्कार बाघखोर अमलटारी नवलपरासीस्थित दुर्गा भवानी प्राथमिक विद्यालयलाई प्रदान गरेको हो । पुरस्कृत व्यक्ति तथा संस्थालाई जनही तीन लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्तमान समयमा पर्यटन र वातावरणको संरक्षण विश्वव्यापी मुद्दा बनेको र यसमा नेपालले सकारात्मक योगदान पुर्‍याएको बताए ।

खासगरी विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाकै पहलमा नेपालले यस्तो सफलता प्राप्त गरेको भन्दै उनल त्यसमा समर्पित व्यक्तिको सम्मान हुनु असल कर्म भएको उनको भनाइ थियो । यस किसिमको सम्मान कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र वातावरण तथा पर्यटन संवर्द्धनमा लाग्न अरुलाई पनि परेरित गर्ने उनले बताए ।

पूर्वप्रधानन्यायाधीश एवं फाउन्डेसनका संरक्षक कल्याण श्रेष्ठले पवित्र उद्देश्यसहित स्थापित फाउन्डेसनले अत्यन्त पारदर्शीतासहित सम्बन्धित क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिलाई सम्मानित गरेको बताए । फाउन्डेसनलाई भविष्यमा अध्ययन अनुसन्धानमा पनि लगानी गर्न सुझाव दिँदै उनले समाजमा सकारात्मकता पैदा गर्न यस्ता प्रयास हुनु आवश्यक रहेको धारणा राखे ।

फाउन्डेसनका संस्थापक बसन्त मिश्रले नेपालको पर्यटन उद्योगको प्रव्द्धनमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेकोले पर्यटन पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए । त्यस्तै उनले वातावरण संरक्षणमा नेपालले हासिल गरेको सफलता र शिक्षा क्षेत्रको सुधार बिना समाजले प्रगति हासिल गर्न नसक्ने भएकोले यी क्षेत्रमा पनि योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए ।

फाउन्डेसनले भविष्यमा पुरस्कारको रकम र विधा पनि बढाउने योजना बनाएको उनले जानकारी दिए । समाजमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मानित गर्नुपर्ने अवधारणासहित फाउन्डेसनले यस्तो प्रयास सुरु गरेको र भविष्यमा पनि यसलाई निरन्तरता दिइने उनले जानकारी दिए ।

सम्मानित हुने व्यक्ति र संस्थाको छनोटमा अत्यन्त पारदर्शीता अपनाइएको र यसका लागि सम्बन्धित क्षेत्रका विज्ञहरुको सहयोग लिइएको उनले जानकारी दिए ।

फाउन्डेसनले प्रदान गरेको पर्यटन पत्रकारिता पुरस्कारका लागि नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले खुला आवेदनका आधारमा निर्णायक समितिले गरेको निर्णय अनुसार तीन जना सेजन सदस्यहरुको नाम सिफारिस गरेको थियो ।

चार दशकभन्दा लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न बसन्तराज मिश्र नेपालको पर्यटन क्षेत्रको पहिलो पुस्ताका पर्यटन व्यवसायी मानिन्छन् । उनले सञ्चालन गरिरहेको टेम्पल टाइगर रिसोर्ट नेपालको पर्यटन जगतमा चर्चित छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार ००:००  २ : ४५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping