२९ मंसिर २०८२, आइतबार

‘गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो लुटेर’ (तस्बिर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनका कारण काठमाडौंको सडक अस्तव्यस्त बन्दा जाम भएको छ ।

विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरु काठमाडौंको शान्तिवाटीकामा भेला भएका हुन् । सहकारी ठगी गर्ने संस्था र अध्यक्षहरुको तस्विरसहितको ब्यानरमा राखेर प्रदर्शन गरेका हुन् ।

रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु भएको प्रदर्शन सिंहदरबारतर्फ अघि बढेका प्रदर्शनकारीमाथि प्रहरीले भद्रकालीमा लाठी प्रहार गरेको छ ।

प्रहरीको लाठी लागेर केही सहकारी पीडित घाइते भएका छन् । प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै लाठी प्रहार गरेको हो ।

सिंहदरबारतिर आउन नदिएपछि सहकारी पीडितहरु शहीदगेटतर्फ मोडिएका छन् । उनीहरु त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघरसम्म पुग्ने तयारीमा छन् ।

‘सहकारी पीडितको घरमा भात तिहुन पाक्दैन, सुशासनको कुरा गरेर सरकार कहिल्‍यै थाक्दैन, सहकारी ठगहरू मुर्दावाद, गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो लुटेर, श्राप लाग्नेछ तिमीहरूलाई निमुखाको मुटु कलेजो नखाऊ भुटेर’ ‘मेरो छोराछोरी पढ्ने पैसा सहकारी छ’, लगायत लेखेका ब्यानर बोकेका छन् ।