![](https://internal.appharu.com/wp-content/uploads/2018/07/annapurna-NA.jpeg)
काठमाडौं । नेपाल वायुसेवा निगमको २ महिना अगाडि नै मर्मतमा गएको एयरबस ए३३० को ९एन एएलवाई नामकको जहाज आगामी साता आउने भएको छ ।
वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजको इन्जिनबाहेकको सबै जाँच (सीचेक)का लागि ९ असारमा इटली गएको जहाज अगामी साता आउने जानकारी दिए ।
अधिकारीले अर्को वाइडबडी भने भर्खरै इटली पुगेको बताए ।
जहाज मर्मत गर्ने कम्पनीले दिन्छु भनेको समयमा जहाज दिन नसक्दा जहाज उडानको तालिका मिलाउन समस्या भएको र तोकिएको समयमा पनि नआइपुगेको उनको भनाइ छ ।
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि भएका ४ वटा जहाजमध्ये हाल २ वटा वाइडबडी मर्मतमै रहेको छ भने दुई वटा न्यारोबडी मात्रै उडानमा छ ।
SHARE YOUR THOUGHTS