मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो एभरेष्ट


काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ ।

आज बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस १० प्रतिशत रहेको छ भने करसहित नगद ५.५३ प्रतिशत लाभांश रहेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

गत आवको नाफाबाट लाभांश घोषणा गर्नेमा एभरेष्ट बैंक पहिलो हो । अरु बैंकहरुले लाभांश घोषणा गरेका छैनन् ।