२९ मंसिर २०८२, आइतबार

उड्डयन क्षेत्रको सुधारमा नेपाल एयरको भूमिका महत्त्वपूर्ण: मन्त्री पाण्डे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन्।

भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उड्डयन क्षेत्रलाई सुधार्ने काम नेपाल एयरलाइन्सको नै भएको बताए ।

नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने उनको भनाइ छ ।

‘हामीले नागरिक उड्डयन क्षेत्रलाई सुधार्नुपर्ने छ । नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने भनेको सरकारी एयरलाइन्सले नै रहेछ । नेपाल एयरलाइन्सले नै रहेछ । नेपाल एयरलाइन्स जबसम्म सशक्त हुँदैन, जबसम्म प्रभावकारी हुँदैन, जबसम्म विश्वसनीय हुँदैन तबसम्म अरु सुधार्न सक्दैन’ उनले भने ।

मन्त्री पाण्डेले मन्त्रालयको बारेमा सम्पूर्ण जानकारी पाइसकेको र आफूले बुझेको भन्दै अब रिफर्मको शुरुवात कहाँबाट गर्नुपर्छ भन्नेकुरा बुझिसकेको बताए ।

सत्य र निष्ठाबाट विचलित नभइ नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने उनले प्रतिवद्धता व्यक्त गरे ।