अर्थ मन्त्रालयले रकमान्तर सम्बन्धी कार्यविधि बनाउँदै « Eglish Khabarhub

अर्थ मन्त्रालयले रकमान्तर सम्बन्धी कार्यविधि बनाउँदै



काठमाडौं । अर्थ मन्त्रालयले एक शीर्षकमा विनियोजन गरेको रकम अर्को शिर्षकमा सार्ने अभ्यासलाई व्यवस्थित बनाउन कार्यविधी बनाउने तयारी गरेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको दफा २० तथा विनियोजन ऐनको दफा ५ मा अर्थ मन्त्रालयले विभिन्न सर्तको अधिनमा रकमान्तर तथा स्रोतान्तर गर्न सकिने व्यवस्था छ ।

यस्तै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, ०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न रोक लगाएको छ ।

अर्थ मन्त्रायलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावली तथा विनियोजन ऐनमा मर्मलाई समेट्दै छुट्टै रकमान्तर कार्यविधी तयार गर्ने योजना बनाएको हो ।

अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखाका उपसचिव शशी भट्टराईलाई रकमान्तर सम्बन्धी कार्यविधि बनाउने जिम्मेवारी दिएको छ।

यस्तै, अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखाका उपसचिव केशवकुमार उप्रेतिलाई कार्य सञ्चालन निर्देशिका परिमार्जन गर्ने जिम्मेवारी दिएको छ ।

महाशाखाकै अर्का उपसचिव किशोर ढकाललाई बजेट तर्जुमा दिग्दर्शन परिमार्जन गर्ने जिम्मेवारी दिइएको छ ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई गति दिन अर्थ मन्त्रालयले छिटो भन्दा छिटो बिभिन्न कार्यविधीहरु बनाउन लागेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

Publish on: