सरकारी कार्यालयमा खाजा खाने समय घटाइयो, प्रधानमन्त्रीले भने- नियम उल्लंघन भए ‘कम्प्लेन’ गर्नुस् « Eglish Khabarhub

सरकारी कार्यालयमा खाजा खाने समय घटाइयो, प्रधानमन्त्रीले भने- नियम उल्लंघन भए ‘कम्प्लेन’ गर्नुस्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयहरुमा खाजा खाने समय घटाइएको जनाएका छन् ।

खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय आधा घण्टामा झारिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

खाजा पनि खानु पर्ने तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु नहुने उनको भनाइ छ ।

अबदेखि सरकारी कार्यालयमा खाजा खाने समय १:३० बजेदेखि २ बजेसम्म हुने उनको भनाइ छ । खाजा खाने क्रममा धेरै समय लगाउँदै नियम उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न पनि आग्रह गरेका छन् ।

‘खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन’, उनले लेखेका छन्, ‘कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १:३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।

Publish on: