पशुपतिमा विदेशी पर्यटकलाई छुट्टै लाइन बनाउन आग्रह « Eglish Khabarhub

पशुपतिमा विदेशी पर्यटकलाई छुट्टै लाइन बनाउन आग्रह



काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने विदेशी पर्यटकलाई छुट्टै लाइन बनाउन पर्यटन विभागले पशुपति क्षेत्र विकास कोषलाई पत्र लेखेको छ ।

हिन्दूहरुका अराध्यदेव भगवान पशुपतिनाथको दर्शन गर्न विभिन्न मुलुकबाट आउने धार्मिक पर्यटकलाई लाइनमा बसेर दर्शन लगर्दा लामो समय लाग्ने भएकोले आवश्यक सहजीकरण गर्न पत्राचार गरेको छ ।

विभागले विदेशी मुलुकबाट पशुपति दर्शन गर्न आउने धार्मिक पर्यटकको लागि छुट्टै लाइनको व्यवस्था मिलाउने गरी आवश्यक सहजीकरण गरिदिन विभागका निर्देशक डा. नारायणप्रसाद रेग्मीले पशुपतिक्षत्रे विकास कोषलाई पत्राचार गरेको छ।

Publish on: