![](https://internal.appharu.com/wp-content/uploads/2024/09/kp-oli_shrebahadur-deuba.png)
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको हो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/09/kp-oli_prachanda_shrebahadur-deuba.png)
प्रधानमन्त्री ओलीले प्रमुख तीन दलका नेताहरुबीच समसामयिक राजनीतिकका विषयमा कुरा भएको जानकारी दिए ।
आज कांग्रेस सभापति देउवाको जन्मदिनसमेत परेकाले भेटमा शुभकामना दिने अवसर मिलेको ओलीको भनाइ छ ।
‘आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी!’ ओलीले भनेका छन् ।
SHARE YOUR THOUGHTS