काठमाडौं । सुनको मूल्यमा यो साता पनि रेकर्डपछि रेकर्ड कायम गरेको छ ।
साताको चोथो दिन बुधबार रेकर्ड कायम गरेको मूल्य पाँचौं दिन बिहीबार सामान्य घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मूल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता, सुनको मुल्यमा विगत केही समयदेखि देखिँदै आएको बढ्दो ट्रेण्ट लगायतका कारणले सुनको मूल्य बढ्न सघाएको नेपाल सुन चाँदी व्यवसायी व्यवसायी महासंघले जनाएको छ ।
साताको पहिलो दिन आइतबार १ तोला सुन किन्न १ लाख ५२ हजार १०० रुपैयाँ खर्च गर्नु पर्नेमा सोमबार मूल्य १ सयले बढ्दै १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार १ लाख ५२ हजार ४ सय मा कारोबार भएको सुन बुधबार प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो बिहीबार १ सयले घट्दै १ लाख ५३ हजार ३ सयमा कारोबार भएको सुनले शुक्रबार अहिलेसम्मकै महँगोको रेकर्ड राख्यो । शुक्रबार सुन तोलाको १ लाख ५६ हजार ३ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा शुक्रबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले वृद्धि भएको छ ।
यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५
सय रुपैयाँ ५० पैसा रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसामा कारोबार भएको छ ।
साताभरिको सुन/चाँदीको मूल्य सूची
SHARE YOUR THOUGHTS